साताको दोस्रो दिन सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुन ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९४ हजार रुपैयाँ कायम भएको छ।
हिजो आइतबार पनि सुनको मूल्य तोलामा ७०० रुपैयाँले ओरालाे लागेकाे थियो । प्रतितोला सुन ९५ हजार १०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार १४५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।







