विद्युत नियमन आयोगबाट अरुण काबेली पावरलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति

विद्युत नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको छ।

आयोगले कम्पनीको ११ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ बाट पारित १७ प्रतिशत बोनस सेयरपछि कायम हुन आउने चुक्तापुँजीको सतप्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो।

बोनस सेयर वितरणपछि अरुण काबेलीको चुक्तापुँजी १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ। संस्थापकमध्ये पनि अरुण भ्याली हाइड्रोपावरको २४ प्रतिशत र अपी पावरको ३ प्रतिशत हिस्सात छ।

कम्पनीले २५ मेगावाट क्षमताको काबेली बी–१ हाइड्रोपावर आयोजना सञ्चानल गर्दै आएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *