हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित हिमाल दोलखा हाइड्रोपावरको साधारणसभा 

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले १९ भदौमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले यसअघि ३ भदौ राखेको सभामा गणपूरक संख्या नपुगेपछि स्थगित गर्नुपरेको थियो । १९ भदौमा साधारणसभा हुँदै छ । गत १३ साउनमा बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस गर्नेछ । सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सभामा कम्पनीको आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७८÷७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ । २५ साउनसम्म कायम रहेका सेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् । विद्युत् नियमन आयोगले हिमाल दोलखालाई हकप्रद सेयर निष्कासन गर्न शुक्रबार पूर्व स्वीकृति दिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *