नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९५ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला सुन ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ८०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार १६५ रुपैयाँमा काराेबार भएको थियो।







