गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग सम्झौता भएको छ।

सम्झौतानुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई मोबाइल टपअप, इन्टरनेट, विद्युत र खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानीलगायतका सेवाहरु सजिलै  प्रयोग गर्न सक्नेछन्।

यसका साथै मोको डिजिटल वालेटबाट नेपालभर १ हजार ५०० भन्दा बढी मर्चेन्टमा स्क्यान टु पेमार्फत सजिलै बिल भुक्तानी गर्न सकनेछ।

हाल बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *