आज सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोला सुन ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९५ हजार रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुन ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको ९५ हजार रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal






