नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्न भन्ने विश्वास छ : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक विधेयक राष्ट्रपति नरोक्नेमा आफू विश्वस्त रहेको बताएका छन् । जापान भ्रमण सकेर आज (बुधवार) स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

पत्रकारहरुले राखेको जिज्ञासामा प्रचण्डले भने, ‘राष्ट्रपतिले रोक्नुहुन्न भन्ने मलाई लागेको छ । ढिला पनि नहुनु पर्थ्याे । भयो । तर रोक्नुहुन्न भन्नेमा म विश्वस्त छु ।’ उनले आफ्नाे जापान भ्रमण पनि सफल भएकाे दाबी गरे ।

संघीय संसदको दुवै सदनबाट बहुमतले पारित भएको नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइएको छ । एक हप्ता वितिसक्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारी उक्त विधेयक प्रमाणिकरण गरेकी छ्रैनन् । अध्ययन भइरहेको राष्ट्रपति कार्यालय स्रोत बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *