काँग्रेस महाधिवेशनमा प्रतिनिधिलाई विहान बेलुकै मासु भात

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई विहान बेलुका नै मासु भातको ब्यवस्था गरिएको छ महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिलाई भोजनको व्यवस्था समेत गर्न लागेको छ । मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म बिहान ब्रेकफास्ट, खाना, दिउँसो चिया, विस्कुट तथा बेलुका खाना खुवाउने गरी भोजनको व्यवस्था गरिएको आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए ।“एक छाकमा आठ हजार व्यक्तिले भोजन गर्नमिल्ने गरी अनुपम फुडल्याण्ड बत्तीसपुतली र दियालो फुडल्याण्ड बसुन्धरासँग सम्झौता गरिसकेका छौँ,”- संयोजक पाण्डेले बताए । खानामा अनिवार्य रुपमा माछा र खसी तथा कुखुराको मासुको व्यवस्था गरिएको उनले बताए । खाना भने महाधिवेशनस्थल भृकुटीमण्डपमा नै व्यवस्था गरिएको छ ।
त्यस्तै काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । पार्टीको मङ्सिर २४ देखि सुरु हुन लागेको १४ औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आउने प्रतिनिधी बस्नका लागि उक्त स्थानमा होटल बुकिङ गरिएको हो । काँग्रेस महाधिवेशन सम्पन्न गर्नका लागि गठित आवास तथा भोजन समितिका संयोजक एवम् काँग्रेस केन्द्रीय सदस्य पाण्डेले हालसम्म तीन हजार ८०० प्रतिनिधी बस्नका लागि ८६ होटल बुकिङ गरिसकिएको राससलाई जानकारी दिनुभयो । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार काँग्रेस महाधिवेशनमा चार हजार ७०० प्रतिनिधीको सहभागीता रहनेछ । “चार हजारदेखि चार हजार ३०० महाधिवेशन प्रतिनिधी बस्न मिल्ने गरी होटल बुकिङको तयारी गरेका छौँ, अब चाँडै नै चार/पाँच सय प्रतिनिधी बस्नका लागि होटल बुकिङ गर्छौँ”- उनले बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *