सीएनआई रोजगार तथा सीप मेला हुने

गीता रहने परिसंनेपाल उद्योग परिसंघ (सीएनआई) ले  रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि  भएको छ । मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो । उक्त कार्यक्रम काठमाडौंस्थित भृकुटीमण्डपमा कात्तिक १७ गतेदेखि २० गतेसम्म हुन लागेको हो । तीन दिन हुने सो मेलामा २०० सय भन्दा बढि कम्पनीहरुको सहभाघले जनाएको छ ।

उक्त कार्यक्रममा कर्पोरेट हाउस, नवप्रवर्तन, स्वदेशी हाम्रो सामान, हामै स्वाभिमान नेपाल उद्योग परिसंघ उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरुसमेत गरी ५० हजार भन्दा बढी व्यक्तिहरुले मेलाको अवलोकन गर्ने संघले जनाएको छ ।

कार्यक्रमको बारेमा जानकारी दिँदै परिसंघका उपाध्यक्षद्धय कृष्णप्रसाद अधिकारी र राजेश कुमार अग्रवालले नेपालको औद्योगिक क्षेत्र र रोजगारदाताबीचको सम्बन्ध स्थापित गराउनका लागि मेलाको आयोजना गरिएको बताए ।

मेलाका आकर्षणहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता, सीप विकास सम्बन्धी विभिन्न विषयमा बृहद छलफल, सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुती, आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसंग सम्पर्क छलफल गर्न सकिने रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *