बदलिँदो भूराजनीतिका बारेमा राष्ट्रपतिको चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो विश्व राजनीति र भूराजनीति तथा त्यसले नेपालमा पार्न सक्ने प्रभावका विषयमा चासो राखेकी छन् । यसबारेमा उनले पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, प्रकाशचन्द्र लोहनी, रामशरण महत, प्रदीप कुमार ज्ञवाली र प्रकाश शरण महत सहभागी थिए ।

राष्ट्रपतिले बदलिँदो भूराजनीतिको विषयमा चासो राखेको छलफलमा सहभागी पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । पछिल्लो समय विकसित विश्व राजनीति र भूराजनीति तथा त्यसले पार्ने प्रभावका सम्बन्धमा राष्ट्रपतिले जिज्ञासा राखेको ज्ञवालीले बताए । त्यसबारेमा पूर्वपरराष्ट्रमन्त्रीहरूले आफ्ना धारणा रखेको उनको भनाइ छ ।

पछिल्लो समय चीन र अमेरिकाबीच तनाव बढीरहेको छ । यस्तो अवस्थामा पूर्वपरराष्ट्रमन्त्रीहरूसँग राष्ट्रपतिले गरेको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

छलफलमा राष्ट्रपतिले नेपालको परराष्ट्र नीति कसरी सञ्चालन भइरहेको छ भनेर जिज्ञासा पनि राखेकी थिइन् । नेपालले लिएको परराष्ट्र नीति कति प्रभावकारी छ रु, नेपालले कस्तो नीति लिएको छ रु जस्ता जिज्ञासा राखेको भेटमा सहभागीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *