‘शुभ लक्ष्मी कोष’ का इकाइहरु आजबाट बिक्री खुला

लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने शुभ लक्ष्मी कोषका इकाइहरु आज साउन १९ गतेबाट बिक्री खुला गरिएको छ। यस योजनाका १० रुपैयाँ अंकित दरका ५ करोड इकाइमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत बिज पुँजीबापत इकाइ कोष लक्ष्मी बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ४ करोड २५ लाख इकाइमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाइ बिक्री खुला गरिएको हो।

यसमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा ५० लाख इकाइसम्म खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। यो खुलामुखी योजना हो। यसको योजना व्यवस्थाकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ। यो योजनाको निष्कासन बन्द छिटोमा साउन २३ गते हुनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा भदौ २ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *