पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विद्यार्थीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा भारी मात्रामा मूल्य घट्दा पनि नेपाल आयल निगमले मूल्य घटाउन आनाकानी गरेको भन्दै उनीहरुले नेपाल आयल निगमको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

आयल निगमले भने भारतबाट मूल्य घटेर आएपनि निगमको घाटा कायमै रहेकोले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *