प्रदेश १ को नाम लिम्बुवान–किराँत राखौं : जसपा

जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश एकको नाम लिम्बुवान–किराँत राख्न माग गरेको छ । जसपा प्रदेश १ संसदीय दलले प्रदेश १ को नाम लिम्बुवान–किराँत राख्न माग गरेको हो।

यसअघि उक्त पार्टीले प्रदेश १ को नाम किरात–लिम्बुवान–शेपालुङ–मधेश राख्नुपर्ने बताउँदै आएको थियो । तर, आज प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै उक्त पार्टीका सांसद रामचन्द्र लिम्बुले सबैसँग सहमतिमा जानुपर्ने भएको कारण प्रदेश १ को नाम लिम्बुवान किराँत भए आफ्नो पार्टीलाई मान्य हुने बताए ।

‘जसपाले लिम्बुवान, किरात, मधेश, शेर्पालुङ, तामाङशालीङ, नेवा, तमुवान र मगरात, खसान प्रदेश पनि मागेको हो । दक्षिणमा थरुहट प्रदेश पनि मागेको हो । तर, १ नम्बर प्रदेशभित्र मधेश, किराँत, लिम्बुवान, शेपालुङ, कोच पनि यही पर्यो । सबैभन्दा धेरै लिम्बुवान र किरात प्रदेशको भूमि १ नम्बर प्रदेशमै पर्छ । त्यसो भएको कारण सबैभन्दा उपर्युक्त नाम लिम्बुवान–किरात हुन्छ भन्ने हामीलाई लागेको छ,’ उनले भने ।

उनले हिजो जनताको बीचमा भोट माग्न जाँदा लिम्बूसँग लिम्बुवान भन्ने, किरातमा जाँदा किरात दिन्छु र कोचमा जाँदा कोचिला प्रदेश दिने भन्ने अनि दिने बेलामा चुप लाग्ने भन्दै प्रश्न पनि गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *