१३ दिनमा ९१ अर्बले घट्यो बाणिज्य बैंकहरुको निक्षेप

साउनको दोस्रो साता बैंकिंङ प्रणालीमा निक्षेप घटेको छ । एक साता मै बाणिज्य बैंकहरुको निक्षेप २८ अर्बले घटेको बैंकर्स संघले जनाएको छ ।

संघका अनुसार साउन ६ गते बैंकहरुको निक्षेप ४४ खर्ब ७८ अर्ब रहेकोमा साउन १३ गतेसम्ममा बैंकहरुको निक्षेप २८ अर्बले घटेर ४४ खर्ब ५० अर्ब पुगेको छ ।

यस अवधिमा कर्जा प्रवाह पनि १ अर्बले घटेको छ । संघका अनुसार साउन ६ गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ६५ अर्ब रहेकोमा साउन १३ गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह १ अर्बले घटेर ४१ खर्ब ६४ अर्ब पुगेको छ । यस अवधिमा  बैंकहरुको सिडी रेसियो ८७.९८  प्रतिशत रहेको संघले जनाएको छ ।

साउन महिना सुरु भएपछिको २ साताको अवधिमा बैंकको निक्षेप ९१ अर्बले घटेको छ।  असार ३२ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा साउन १३ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटेर  ४४ खर्ब ५० अर्ब पुगेको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *