बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि दुबै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यससँगै, अब बुद्धभुमी हाइड्रोको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु काठमाडौंको नारायणचौरस्थित सिद्धार्थ क्यापिटल मार्फत हुने छ ।







