लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अजयबिक्रम शाह पुनः नियुक्त हुनुभएको छ । चार वर्षे कार्यकाल सक्नुभएका शाहकलाई बैंक सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँ यसअघि २०७६ कात्तिकमा बैंकको सीईओमा नियुक्त हुनुभएको थियो । बैंकमा प्रमुख कार्यकारी अधिकृत रहनुभएका सुदेश खालिङको कार्यकाल सकिएपछि शाहलाई बैंकले सिईओमा नियुक्त गरेको थियो । अहिले पुनः शाह नै सीईओ बन्नुभएको छ । अब उहाँले ४ वर्षका लागि काम गर्नुहुनेछ ।
शाहले करियरको सुरुवात स्यान्डर्ड चार्टर्ड बैंकबाट गर्नुभएको थियो । उहाँले सो बैंकमा १० वर्ष काम गर्नुभएको थियो ।







