आरजु देउवा र भाजपा विदेश विभागबीच भेटवार्ता 

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

उपचारका क्रममा भारतमा रहेकी आरजुलाई भेटेर चौथाइवालेले शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।  दिल्लीको म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेकी आरजुलाई भेटेर चौथाइवालेले स्वास्थ्य लाभको कामना गरेका हुन् ।

उनीहरुबीच ६ महिनाअघि पनि भेटवार्ता भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *