संघका अनुसार असार मसान्तमा ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप बैंकिङ प्रणालीमा रहेकोमा साउन ६ गतेसम्म आइपुग्दा ६४ अर्बले घटेर ४४ खर्ब ७७ अर्ब ८५ करोड रुपैयाँमा सिमित बनेको छ ।
यो अवधिमा बैंकिङ प्रणालीमा निक्षेप मात्रै नभएर कर्जा लगानी समेत १० अर्ब रुपैयाँले घटेको छ । असार अन्तिममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा बैंकहरुले प्रवाह गरेका थिए ।
साउन ६ गतेसम्म आइपुग्दा १० अर्ब रुपैयाँले घटेर ४१ खर्ब ६५ अर्बमा सिमित भएको छ । यो अवधिमा कर्जा निक्षेप अनुपात ९सिडी रेसियो० ८७.७५ प्रतिशत रहेको छ ।







