चुनावमा पैसा खर्च गरेन भने भ्रस्टहरू चुनिने खतरा छः प्रचण्ड

नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा दलाल पुँजीपतिहरू पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले अबको निर्वाचनबाट दलाल पुँजीपति, नोकरसाह पुँजीपति र भ्रष्टहरू मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरूमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको बताए । उनले अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताए ।

उनले स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै संघ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्ब माथि हुने बताए । अध्यक्ष दाहालले श्रमजीवि जनता र क्रान्तिकारीहरूले चुनाव लडेर जितेर आउने कुरा सपनाझैँ भएको बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *