इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडका मिडफिल्डर जेसे लिगार्ड यसै वर्ष शीर्ष डिभिजनमा बढुवा भएको नटिङघम फरेस्टमा अनुबन्ध भएका छन् । युनाइटेडसँगको सम्झौता सकिएपछि २९ वर्षीय लिंगार्ड फुकुवा रहेका थिए । त्यसपछि यसै वर्ष बढुवा भएको नटिङटमले लिंगार्डलाई एक वर्षका लागि टोलीमा अनुबन्ध गरेको हो ।
इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीबाट ३२ क्याप जितेका लिंगार्डले युनाइटेडबाट सबै खाले प्रतियोगिता दुई यस ३२ खेलमा ३५ गोल गरेका थिए । लिंगार्ड सन् २०२१–२२ सिजनको सुरुवातमा युनाइटेडबाट लोनमा वेस्ट हम पुगेका थिए । नयाँ सिजनका लागि नटिङघमले अनुबन्ध गरेको लिंगार्ड ११औं खेलाडी हुन् ।







