नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्री खुला

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । कम्पनीले संस्थाका संस्थापक शेयरधनी माला राजभण्डारीको नाममा  रहेको ४ हजार ५६१ कित्ता, गायत्री सुवालको नाममा रहेको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको नाममा रहेको ५ हजार ७०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयरमा इच्छुक विद्ययमान शेयरधनी तथा सर्वसाधारणले आजका मितिदेखि ७ दिनभित्र आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालय निलकण्ठ–३ धादिङबेशी, धादिङमा निवेदन दिनुपर्नेछ । यसअघि  १९ जेठदेखि बिक्रीमा ल्याएको उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीबाट ३५ दिनमा कुनै निवेदन प्राप्त नभएकोले संस्थाले पुनः बिक्रीमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *