अस्ट्रेलियामा कोभिड अस्पतालमा महिलाले आगो लगाइन्

अस्ट्रेलियामा कोभिडका विरामीलाइ राख्ने अस्पतालमा अ‍ागो लागेपछि एक महिला पक्राउ परेकी  छन् ।

अस्ट्रेलियाको  क्विन्सल्यान्डस्थित एउाट होटलबाट ३१ वर्षीया एक महिला पक्राउ परेकी हुन् । अ‍ाफू बसेको होटलको बेडमा अ‍ागो लगाएको उनीमाथि अ‍ारोप लागेको छ । उनी अ‍ाइतबार दुइ बच्चासहित ११ तले प्यासिफिक होटेलमा बसेकी  थिइन् ।

अ‍ागो लागेपछि १६० जनालाइ होटलबाट बाहिर  निकालिएको  थियो । अ‍ागलागीमा कोही पनि घाइते भएका छैनन् । अस्ट्रेलिमा नयाँ भेरियन्टको भाइरस देखिरहेका बेला अ‍ागलागीको घटना सार्वजनिक भएको हो ।

अ‍ोमिक्रोन भाइरस सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । यसलाइ  विश्व स्वास्थ्य संगठनले भाइरस अफ कन्सर्न घोषणा गरेको छ । भाइरस देखिएपछि अस्ट्रेलियाले दक्षिण अफ्रिका, नामिविया,  जिम्बाबे, बोत्स्वाना, लेसेथोलगायतका अफ्रिकी देशहरुसँगको हवाई यात्रा प्रतिबन्ध लगाएको छ ।

कोभिड  नियन्त्रण गर्ने भन्दै अस्ट्रेलियाले विभिन्न देशहरुसँगकाे  सीमामा लगाएको प्रतिबन्ध एक महिनाअघि मात्र हटाएको  थियो । नयाँ भेरियन्ट देखिएपछि पुनः प्रतिबन्ध लगाउने बारेमा अस्ट्रेलियाले कुनै निर्णय गरेको छैन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *