रसुवागढी हाइड्रोपावरको आइपीओमा समय थप

रसुवागढी हाइड्रोपावरको आइपीओमा १० साउनसम्म आवेदन दिन पाइने भएको छ । कम्पनीले समय थप गरेपछि १० साउनसम्म आवेदन भर्न मिल्ने भएको हो ।

रसुवागढीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको हो। रसुवागढीले १३ असारबाट एक सय अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो।

आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरू, वडा नम्बर ३ बृद्धम, वडा नम्बर ४ लाङटाङ, वडा नम्बर ५ स्याफ्रुबेसी र वडा न‍म्बर ६ धुन्चेका स्थानीयले पनि आवेदन दिन सक्नेछन् ।

यस्तै, सामान्य प्रभावित बाँकी जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल रहेका छन् । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *