नागरिक लगानी कोषले घोराही सिमेन्टको सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टका तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरेका छन् ।

घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८०१ कित्ता सेयरको परल मूल्यमा १०० रुपैयाँमा प्रिमियमबापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४३५ रुपैयाँको सेयरको प्रत्याभूति हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *