सगरमाथा इन्स्योरेन्सद्वारा १२ करोड दावी भुक्तानी

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले १२ करोड दावी भुक्तानी गरेको छ ।  इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७८ मा आएको बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत दावी वापत मादी पावर प्राइभेट लिमीटेडलाई रु १२ करोड ३ लाख ९ हजार ३ सय ५२ को दावी भूक्तानी गरेको हो ।

उक्त रकम बराबरको दावी भुक्तानी मादी पावर प्रा. लि का महाप्रबन्धक WEI JUNCHAOलाई सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्तान्तरण गरको हो ।

सगरमाथा इन्स्योरेन्स कम्पनी दावी भूक्तानीमा संमेदनशिल रही आफ्नो ग्रहाकहरुलाई यथासक्य चाडौँ दावी भूक्तानी गर्न प्रयत्नशिल रही आएको छ ।

सगरमाथा इन्स्योरन्स कम्पपनीले यस आर्थिक बर्षमा रु. १ अरव ५३ करोड बराबरको दावी भूक्तानी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *