एमसीसी जसरि पनि पास हुन्छ : अनिल रुङ्गाटा [अन्तर्वार्ता]

राजनीति र व्यापारलाई संगसंगै एकसाथ लिएर जानु नै चुनौति हो त्यहि चुनौतिको एउटा नाम हो अनिल रुङ्गाटा । रुङ्गाटा समूहका अनिल रुङ्गाटा वीरगन्जलाई आधार बनाएर राजनीति र व्यवसाय गरिरहेका छन् । उत्पादनमूलक उद्योग र व्यापारमा सक्रिय रुङ्गाटा वीरगन्जमा चारतारे लर्डस् दियालो होटेल सञ्चालनमा ल्याएर हस्पिटालिटी क्षेत्रमा पनि प्रवेश गरेका छन् । उनको जगदम्बा ग्रुपसँगको साझेदारीमा जगदम्बा इन्टरप्राइजेज कम्पनी सञ्चालनमा छ ।

उनका जगशक्ति स्टिल उद्योग, आल्मुनियमजन्य सामग्री उत्पादन गर्ने उद्योगमा लगानी छ । व्यावसायिक क्षेत्रमा ख्याति कमाएको यो समूहले केही वर्षयता उत्पादनमूलक उद्योगमा हात हालेको हो । दोस्रो संविधानसभामा कांग्रेसबाट सभासद् बनेका रुङ्गाटा अबको नेपाली कांग्रेसको १४ औं महाधिवेशन तयारी कस्तो हुँदैछ, महाधिवेशनमा तपाईको उमेदवारी कुन पदमा हो लगायतका राजनीतिसंग रहेर गरेको कुराकानीको संम्पादित अंश :

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी कस्तो हुँदैछ ?

समग्र रुपमा तयारीको कुरा गर्दा क्षेत्रीय अधिवेशनहरु धेरै ठाउँहरुमा भैसकेका छन्, प्रदेश क्षेत्रको पनि भैसकेको छ । हाल जिल्ला अधिवेशन चलिरहेको छ । यस अर्थमा १४ औं महाधिवेशनको ७० प्रतिशत तयारीको काम भैसकेको छ ।

महाधिवेशनमा तपाईको उमेदवारी कुन पदमा हो ?

यस विषयमा सबै साथिहरुसंग सरसल्लाह हुँदै छ । यहि पदमा उमेदवारी दिने भनेर हालै भनिहाल्ने अवस्था छैन् । अबको २÷३ दिनमा महाधिवेशन प्रतिनिधि छनोट भएपछि साथिहरुसंग छलफल गरेर म उमेदवारी घोषणा गर्छु ।

यो महाधिवेशनमा चयन भएको सभापति भोलि देशको प्रधानमन्त्री हुने सम्भावना छ । त्यसैले सर्वसाधारण जनताले पनि यस विषयलाई महत्वका साथ हेरेका छन् । तपाईको अनुमानमा सभापतिमा नयाँ अनुहार आउँछ अथवा पुरानै दोहोरिन्छ ?

यो महाधिवेशनमा पुरानै नेता दोहोरिनुहुन्छ । किनभने अहिलेको अवस्था अनुसार नयाँ अनुहार भन्दा अनुभवी नेतृत्वको आवश्यकता छ । विदेशी कुटनैतिक सम्बन्ध राम्रो पार्नका लागि पनि अनुभवी नेतृत्वको विकल्प छैन् । त्यसैले अनुभवी र पुरानै नेताले सभापतिमा जित्नेमा हामीहरु ढुक्क छौं ।

पदाधिकारीहरुमा युवाहरु आउने सम्भावना कति देखनुभएको छ ?

पदाधिकारीमा नयाँ जोस भएका युवाहरु आउनु राम्रो कुरा हो । किनभने राष्ट्रको नेतृत्वको लागि र पार्टीको भविष्यको लागि पनि अनुभवीहरु र युवाहरु दुवैको आवश्यकता हुन्छ । यसरि समायोजन भएको केन्द्रीय पदाधिकारीहरुले सकृय भएर काम गर्न सक्छ । त्यसैले पदाधिकारीमा युवाहरु आउनु स्वागत योग्य हुन्छ ।

सरकारले काम गर्न सकेन भन्ने जनताबाट चौतर्फी आवाज आएको छ, यसलाई कसरि लिनुभएको छ ?

यो कुरा कस्ले भन्यो थाहा छैन् । तर यो वितेको ४ महिनामा सरकारले प्रभावकारी काम गरेको छ । अघिल्लो सरकारले ल्याएको जुन बेतिथि थियो त्यसलाई हटाएर देशलाई सहि बाटोमा ल्याएको छ । राजनीतिक स्वार्थबाट माथि उठेर देशको हितका लागि काम भएको छ । ५ दलिय गठबन्धनको सरकार भए पनि हरेक क्षेत्रमा राम्रो काम गरिरहेको छ । सरकार असफल भएको भन्ने विरोधीहरुको जाल हो, त्यसको कुनै यथार्थ छैन् ।

नेपाली कांग्रेस जनतामुखी होइन कार्यकर्तामुखी हुँदै गयो भन्ने जनताको गुनासो छ, यस विषयमा के भन्नुहुन्छ ?

नेपाली कांग्रेस जनतामुखी पार्टी हो । यो पार्टी समाजप्रती उत्तरदायी छ । यो पार्टीमा पहाडका गरिब देखी लिएर व्यापारी र उद्योगी समेत रहेको हुनाले हरेक क्षेत्रहरु पार्टीमा समावेस भएका छन् । जनताको साथमा भएको पार्टी नेपाली कांग्रेस हो ।

तपाईको विचारमा आगामी निर्वाचनहरुमा नेपाली कांग्रेस एकलै होमिदा ठिक हुन्छ अथवा गठबनधन गरेर जाँदा राम्रो हुन्छ ?

यो विषयमा हाम्रो सभापति जिले भनिसक्नुभएको छ की आगामी निर्वाचनमा नेपाली कांग्रेस एकलै भिड छ । यसमा हाम्रो पनि पूर्ण सहमत छ । कांग्रेस जनतामा लोकप्रिय बनेको छ । त्यसकारणले पनि एकल रुपमा तीनै तहमा भिडन उपयुक्त हुन्छ ।

के—के आधारमा आगामी निवार्चनमा नेपाली कांग्रेसले बहुमत ल्याउँछ ?

यस अघिको निर्वाचनमा पनि नेपाली कांग्रेस तिनै तहको निर्वाचन गराएर संविधानलाई संस्थागत गर्न चाहान्थ्यो । हार व्यहोरेर पनि कांग्रेसले त्यो पुरा गर्‍यो । त्यसपछि कम्यूनिष्ठ सरकारले समृद्धीको कुरा गर्‍यो तर समृद्धी भाषणमा सिमित भयो । आगामी दिनमा कांग्रेस हरेक जनतालाई साथमा लिएर समृद्धीको सपनालाई पूरा गर्छ ।

एमसीसीलाई के गर्नु हुन्छ, संसदबाट पारित अथवा र्फिता ?

एमसीसीलाई हामी कुनै पनि हालतमा संसदबाट पास गराउँछौं । गठबन्धनमा भएका सबै पार्टीहरुको पास गर्नुपर्छ भन्नेमा सहमती जुटेको छ । यो छिटै संसदबाट पातिर हुँदै छ ।

अदालतमा भैरहेको विवादको विषय सरकारले सुल्झाउन नसकेको हो ?

न्यायालयको बारेमा राजनीतिक दलहरुले बोल्नु उचित हुँदैन् । आवश्यकता अनुसार सरकारले उचित कदम चाल्छ । मेरो व्यक्तित विचार भन्दा पनि सरकारले आवश्यकता अनुसार हस्तक्षेप गर्छ ।

अन्त्यमा, तपाईलाई महाधिवेशनको बारेमा के भन्नुहुन्छ ?

यसमा नेपाली जनतालाई र पार्टीका कार्यकर्ताहरुलाई म एकदम विचार पुर्‍याएर असल र कर्मठ नेतृत्व चयान गर्न आग्रह गर्छु । नेपाली कांग्रेस लोकतन्त्रलाई संस्थागत गर्ने पार्टी भएकोले यसको नेतृत्व जिम्मेवारीपूर्वक हामीले छनोट गर्नुपर्छ त्यसकारण हामीले कुनै पूर्वाग्रहमा नल्याई योग्य र कर्मठ नेतृत्व चयन गर्नु पर्छ भनेर सबैमा आग्रह गर्न चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *