निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न रौतहटका स्थानीय तहका प्रमुखहरूसँगआग्रह

निजगढ सार्वजनिक सरोकार समितिले रौतहटको विभिन्न पालिकाका प्रमुखलाई भेटेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि विशेष प्रस्ताव पास गर्न आग्रह गरेको छ । समितिका संयोजक एकबहादुर श्रेष्ठ नेतृत्वमा गएको टोलीले विमानस्थल निर्माणको लागि विशेष प्रस्ताव पारित गर्न कटहरिया, गुजरा, देवाही गोनाह, वृन्दावन, गढीमाई र मौलापुर नगरपालिकाका प्रमुख र उपपप्रमुखलाई भेटेर आग्रह गरेको हो ।

समितिले यसअघि बाराको कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी, विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकर अली भुट्टो, पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवाल र परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेललाई कार्यालयमा भेटेर आग्रहपत्र बुझाएको थियाे ।

आग्रहपत्र बुझ्दै बारा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकर अली भुट्टोले विमानस्थल निर्माण नगर्ने भनेर अदालतले गरेको फैसला खारेज हुनुपर्ने र निजगढमा विमानस्थल निर्माण हुनुपर्ने बताए ।

यसैगरी बाराकै पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले अदालतको निर्णय पुनरावलोकन गरिनु पर्ने बताए । आग्रह पत्र बुझाउने टोलीमा समितिका सदस्य विनोद भारती, टेकबहादुर भण्डारी, गोकुल घोरसाइने, इन्दिप कोइराला, सुरेन्द्र जैसवाल, दीपक सापकोटा र निर्मल खडकालगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *