गाँजाखेती खुला गरौं, पैसा बुझाउन विदेशी नेपाल आउँछन् : शेरबहादुर तामाङ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रतिनिधिसभामा ल्याउन सभामुखलाई आग्रह गरेका छन्। विहीबार बसेको संसद बैठकमा बोल्दै सांसद तामाङले गाँजासम्बन्धी विधेयक तत्काल छलफलमा ल्याउन माग गरेका हुन्।

‘हामीसँग भएको सम्भावनाको खोजी किन नगर्ने ? एउटा समृद्ध राष्ट्र बनाऔं त कसले हेप्छ ?’, उनले भने, ‘सभामुख महोदय, गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन नियमावलीको व्यवस्थाअनुसार अनुमतिको लागि हार्दिक अनुरोध गर्छु।’

अन्तर्राष्ट्रिय कानुनले नै गाँजा लागुऔषध नभएको बताएर औषधीय गुण भएको वनस्पति मानेको उनले जिकिर गरे। उनले गाँजा खेतीबाट नेपाललाई आत्मनिर्भर बनाउन सकिने पनि बताएका छन्। ‘गाँजा खेतीबाट नेपालीलाई आत्मनिर्भर गराउन सकिन्छ’, उनले भने, ‘यसो भएमा युवा विदेश जानुपर्दैन, विदेशी नै पैसा बुझाउन नेपाल आउँछन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *