सिन्धु विकास बैंकले लाभांश नदिने

सिन्धु विकास बैंकले लाभांश नदिने भएको छ ।   बैंकको आज असार ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८  को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष ७७/७८ को वित्तीय विवरण पारित गर्दै थप स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।  बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट पनि लाभांश बितरण गरेको थिएँन ।

बैंकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट भने ११.४८ प्रतिशत बोनस शेयर र ०.६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *