चारकिलोमा खसेको पहिरो हटाइएपछि खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवनको ईच्छाकामना गाँउपालिका ६ चार किलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्ड खुलेको छ । प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाइएको जानकारी दिएको हो ।

सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *