भुसालले कांग्रेस सभापति समेत रहेको प्रधानमन्त्री देउवाको बचाउ गरेका हुन् ।
‘अपमान’ भन्ने शब्द उचित नभएको बताउँदै उनले भनिन्, ‘हामीले बोलाउँदा उहाँ आउनुपर्छ । तर प्रधानमन्त्रीको समय के भयो त्यसलाई बुझ्नुपर्छ ।’ अपमान नै भन्ने शब्द प्रयोग नगर्न उनले आग्रह गरिन् ।
नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणी राजभण्डारीले पनि एउटा बैठकमा कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन नहुने बताए ।







