अवैध रुपमा रासायनिक मल आएको थाहा पाएपछि धादिङका किसानहरुले उक्त मल खोसेका छन्। धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ स्थित धार्केमा ट्रक रोकेर स्थानीयले मल खोसेका हुन्।
नेपालमा विदेशबाट मल आयातको जिम्मेवारी कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्रै छ। तर, त्यो मल व्यापारीहरुले ल्याएका थिए। सो जानकारी राजश्व अनुसन्धान विभागले पाएको थियो। त्यसैले राजश्व अनुसन्धान विभागले मल समातेको थियो।
समातिएको दुई वटा ट्रकमा रहेको मल राजश्व अनुसन्धान विभाग हरिहर भवन आउँदै थियो। त्यो सूचना धादिङको किसानले थाहा पाएपछि गाडी रोकेर मल लुटेका हुन्। धार्के गाउँपालिकाका किसान र धुनिबेसी नगरपालिकाका किसानहरु मिलेर मल खोसेका हुन् ।
सशस्त्र प्रहरीले मल लुटपाट रोक्न खोजेपनि उनीहरु सकेनन्।
Artha Sanjal






