नेकपा एमालेका जनप्रतिनिधिहरुले नियुक्ति तथा सरुवा–बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प गरेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको काठमाडौंमा भएको दुई दिने भेलाबाट काठमाडौं संकल्पपत्र जारी गर्दै परिवार, आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने उल्लेख गरेका छन् ।
संकल्पपत्रमार्फत आफूले कुनै भ्रष्टाचार नगर्ने र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने पनि जनप्रतिनिधिले बताएका छन् । २० बुँदे संकल्पपत्रमा एमाले जनप्रतिनिधिले आफूहरुले नेतृत्व गरेको पालिकाहरु सुशासनका नमूना बनाउने पनि प्रतिवद्धता जनाएका छन् ।
हेर्नुहोस् एमाले जनप्रतिनिधिहरुको संकल्पपत्र








