नेपालगन्जको नापी कार्यलयमा आगलागी

नेपालगन्जस्थित नापी कार्यालयमा आगलागी भएको छ। हावाहुरी चलेका बेला एक्कासी बिद्युत सर्ट हुँदा आगलागी भएको हो।

नेपालगन्जमा शनिबार बेलुका एक्कासी हावाहुरी चलेको थियो। हावाहुरीका कारण केहीबेरसम्म बिद्युत अवरुद्ध समेत हुन पुगेको थियो।

शनिबार बेलुका करिव ७ बजेतिर सुरु भएको आगलागीबाट कार्यालयका कम्प्युटर, फर्निचर लगायत महत्वपूर्ण सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

आगलागी लगत्तै पुगेको दमकल, सुरक्षाकर्मी लगायतले आगो नियन्त्रणमा लिएका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले आगलागीबाट कार्यालयको कम्प्युटर, फर्निचर लगायत महत्वपूर्ण सामानमा क्षति पुगेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *