घरबाटै कुहिने र नकुहिने नछुट्याए महानगरले फोहोर उठाउँदैन : मेयर शाह

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले घरबाटै कुहिने र नकुहिने नछुट्याइएको फोहोर महानगरले नउठाउने बताएका छन् । आफूले फोहोर व्यवस्थापनको दीर्घकालिन योजना बनाएको भन्दै यसमा सहयोग गर्न पनि उनले महानगरबासीसामु आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा शाह लेख्छन् – ‘अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर ननिस्कून् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ ।

जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौंमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन ।’ उनले अव फोहोर संकलन गर्ने गाडीले नछुट्याएको फोहोर संकलन नगर्ने बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *