मोरङको लेटाङ नगरपालिकाले हटायो आइतबारको विदा

संघीय सरकारले परीक्षणको लागि भन्दै हप्तामा दुईदिन विदा दिने निर्णय मोरङको लेटाङ नगरपालिकाले लागू नगर्ने भएको छ ।  लेटाङ नगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले आइतबार विदा दिने संघको निर्णय लागू गर्न नसक्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले नगरपालिकामा परीक्षणकै लागि विदा नदिँदा के हुँदोरहेछ भनेर निर्णय गरेकाे बताए ।

नगरपालिकाले सरोकारवाला निकाय, विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा संघ–संस्थाका मानिसहरुसँग विदा दिने कि नदिने भन्ने विषयमा छलफल गरेको थियो । ‘उक्त छलफलले हप्तामा दुई दिन विदा दिने र बिहान चाँडो कार्यालय खोल्नुपर्ने हुँदा लामो बाटोबाट आउनुपर्ने विद्यार्थी, शिक्षक र कर्मचारीलाई असहज देखिएकोले १ दिनमात्रै विदा दिने र पहिलेकै अवस्थामा कार्यालयहरु सञ्चालन गर्ने निर्णय गरिएको हो,’ लावतीले भने ।

संघीय सरकारले गत जेठ १ गतेदेखि लागू हुनेगरी हप्तामा दुईदिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयमा शनिबार र आइतबार दुई दिन बिदा हुने र अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्ने उल्लेख थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *