सोमबार नेप्से परिसूचक ४५.०९ अंकले घटेको छ । आर्थिक वर्ष २०७९-८० को बजेट आएको भोलिपल्टै सेयर बजार २.०३ प्रतिशतले घटेर २१७८.६९ बिन्दुमा झरेर रोकिएको हो ।
यस दिन कुल २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम भने १ अर्ब ३३ करोड ८८ लाख ६ हजार २८२।३७ रुपैयाँको भएको छ ।







