पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको सम्पर्कविहीन भएको छ। पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार तारा एयरको नाइन एन एइटी जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो।
१० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको देखिन्छ ।
‘लेतेदेखि टुकुचेबीचको मौसम निकै बादल लागेको छ। अहिले यहाँ सिमसिम पानी परिरहेको छ,’ गौचनले भने।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए ।







