३ अर्ब बढीको ‘नागरिक बचतपत्र’मा आवेदन खुला

नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले आज जेठ १२ गतेबाट नागरिक बचतपत्र–२०८४ बिक्री खुला गरेको छ।
केन्द्रीय बैंकले रु. ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्री खुला गरेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्।

यो बचतपत्रमा लगानीकर्ताहरुले वार्षिक ११ प्रतिशत ब्याज (ब्याज कर लाग्ने) पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा गरिने राष्ट्र बैंकले जनाएको छ।

लगानीकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सक्नेछन्। यो बचतपत्र धितो राखी केन्द्रीय बैंकबाहेक अन्य बंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ।

यो बचतपत्रको निष्कासन आउँदो असार ८ गते हुनेछ भने साँवा भुक्तानी २०८४ असार ८ गते हुनेछ।  यो बचतपत्रमा यही जेठ ३१ गतेसम्म खरिद आवेदन पेस गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *