काठमाडौं महानगरमा बालेनको उदय हुँदा केशव स्थापित विस्थापित भएका छन् । २०५४ सालमा मेयर बनेर काठमाडौंमा बलियो प्रभाव छाडेका विस्थापित यसपाला चाहिँ आफ्नै बोलीले आलोचित भइरहेका थिए । अरुलाई होच्याउने उनको शैलीले नै स्थापितलाई नउठ्नेगरी विस्थापित बनायो ।
जनताले विकल्प खोजिरहेको समयमा अपत्यारिलो हिसाबमा स्वतन्त्र उम्मेदवार बालेनप्रति मानिसहरु आकर्षित भए । केशवका योजना काठ जनतालाई मन परेन तीमाथि विवादको चुरोमा अल्झेका उनलाई जनताले घमण्ड तोडिदिएका छन् ।
काठमाडौं महानगरपालिकाको ३१ वटा वडाको मतगणना सकिएको छ । बाँकी रहेको एक वडामा केही विवाद भएपछि मतगणना मन्ध तरिकाले हुँदैछ ।
हालसम्म कुल १ लाख ९० हजार ६७९मत गणना हुँदा मेयर पदमा १ लाख ५४ हजार ८९५ सदर मत परेको छ ।
जसमा स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन् ।







