पोखराले बनायो एनपीएल इतिहासकै सर्वाधिक रन, काठमान्डुलाई २२५ रनको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले कीर्तिमानी रन बनाएको छ । आफ्नो अन्तिम खेलमा पोखराले काठमान्डु गोर्खाजविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रनको योगफल खडा गरेको हो ।

यो स्कोर एनपीएल इतिहासकै सर्वाधिक हो । यसअघि दोस्रो सिजनमा विराटनगरले पोखराविरुद्ध नै ६ विकेट गुमाउँदै २२० रन जोडेको थियो ।

उच्च स्कोर बनाउन कुशल भुर्तेलले ९९ रनको शानदार पारी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *