काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न १२ पदका लागि कर्मचारी माग गरेको छ। संस्थाले एक सूचना जारी गर्दै रिक्त पदमा पदपूर्ति गर्न योग्य तथा इच्छुक नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।
संस्थाले प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक तथा प्रशिक्षार्थीलगायत पदमा कर्मचारी माग गरेको छ।
सूचनाअनुसार प्रबन्धक, वरिष्ठ सहायक र सहायक प्रबन्धक पदमा एक/एक जना कर्मचारी माग गरिएको छ। त्यस्तै, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी माग गरिएको छ।
उक्त पदहरुका लागि ईच्छुक तथा योग्यता पुगेकाले मंसिर १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।






