नबिल ग्रोथ फन्डका इकाइ मंसिर ९ गतेदेखि बिक्री खुला हुने

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने नबिल ग्रोथ फन्डका इकाइ मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला हुने भएको छ।

नेपाल धितोपत्र बोर्डले यस योजनाअन्तर्गत प्रतिइकाइ १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गर्न अनुमति दिएको छ।

त्यसमध्ये बीज पुँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाइको न्यूनतम १५ प्रतिशत इकाइमध्ये कोष प्रवर्द्धक नबिल बैंकका लागि १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाइ तथा योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङलाई १ प्रतिशत वा न्यूनतम १० लाख इकाइ सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

सर्वसाधारणले यस योजनमा न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा तिनले तोकेका शाखाहरुका साथै सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

इकाइ खरिदका लागि छिटोमा मंसिर १४ गते र ढिलोमा मंसिर २३ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *