एनपीएलः पोखराविरुद्ध सन्दीपको ह्याट्रिक विकेट

काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सका कप्तान सन्दीप लाछिानेले ह्याट्रिक विकेट लिएका छन्। पोखरा एभेन्जर्सविरुद्ध उनले १५औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्।

१४.३ ओभरमा ओपनर युवराज साम्रालाई ८४ रनमा आउट गराएका उनले १४.४ ओभरमा पोखराका क्याप्टेन चामिका करुनारत्ने र १४.५ ओभरमा किरण ठगुन्नालाई गोल्डेन डकआउट गराउँदै नेपाली राष्ट्रिय टोलीका क्याप्टेन सन्दीपले ह्याट्रिक पूरा गरेका हुन्।

याेसँगै उनी एनपीएलको जारी सिजन ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। ५ विकेटको आँकडा पूरा गर्ने पनि सन्दीप पहिलो खेलाडी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *