आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै

काठमाडौं । यमपञ्चकको चौथो दिन आज देशभर गोवर्द्धन पूजा र हली तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वतको पूजा गरी यो पर्व मनाउने परम्परा रहेको छ।

धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई वर्षाबाट जोगाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने गरिन्छ। यस दिन गोबरबाट गोवर्द्धन पर्वतको प्रतीक बनाई पूजा गर्ने चलन छ।

त्यस्तै, कृषिकर्ममा महत्वपूर्ण योगदान पुर्‍याउने गोरुको पूजा गरी हली तिहार मनाउने परम्परा पनि रहेको छ। किसानले गोरुलाई माला, टीका लगाई मीठा परिकार खुवाएर पूजा गर्ने गर्छन्।

यस दिन कतिपय समुदायमा गाई, गोरु तथा कृषि कार्यमा प्रयोग हुने पशुको समेत पूजा गर्ने चलन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *