काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डौ गोर्खाज भिड्दैछन्। कीर्तिपुर मैदानमा चितवनले टस जितेर बलिङ रोजेको छ।
चितवन चार खेलबाट ५ अंकसहित चौथो स्थानमा छ। काठमाडौं भने चार खेलबाट ३ जितका साथ दोस्रो स्थानमा छ। प्लेअफ स्थानमा पुग्ने सम्भावना जीवितै राख्न दुबै टोलीको लागि आजको खेल महत्त्वपूर्ण छ।
आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हरायो ।




