रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
सोमबार बिहान आठबिसकोट नगरपालिका–५ थापागाउँबाट नयाँडाँडातर्फ जाँदै गरेको भे १ च ३११२ नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिप सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।




