आज सुन प्रतितोला दुई सय रूपैयाँ र चाँदी प्रतितोला ५ रूपैयाँले बढ्यो

बुधबार सुन (चाँदीको मूल्य) बढेको छ। केही दिन यता स्थिर रहेको सुन(चाँदीको मूल्य आज बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।

यो साताको पहिलो दिन अर्थात् आइतबारदेखि मंगलबारसम्म सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो । चाँदी भने प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो । बुधबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *