वैकल्पिक विकास वित्त कोषको सीईओ पदका लागि ६ जना सर्टलिस्टमा, ७ जनाको आवेदन अस्वीकृत

काठमाडौं । सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि ६ जना उम्मेदवारलाई सर्टलिस्ट गरेको छ।

अर्थ मन्त्रालयले आवेदन दिएका उम्मेदवारमध्ये ६ जनाको नाम छनोट गर्दै कार्ययोजना प्रस्तुति, रणनीतिक छलफल तथा अन्तर्वार्ताका लागि बोलाएको हो।

अर्थ मन्त्रालयका अनुसार सीईओ पदका लागि एक दर्जन आवेदन परेको थियो । तीमध्ये तोकिएअनुसार आवश्यक कागजात पेस नगरेका ७ जनाको आवेदन अस्वीकृत गरिएको छ।

नाम स्वीकृत भएर सर्टलिस्टमा परेकामा अपार न्यौपाने, आशुतोष शर्मा, चन्दनकुमार घोष, रामकृष्ण खतिवडा, सुभाष थापा र स्मृति शर्मा छन् ।

छनोटमा परेका उम्मेदवारले व्यावसायिक रणनीति तथा कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ। त्यसपछि प्रस्तुत कार्ययोजनामाथि रणनीतिक छलफल र उम्मेदवारहरूको अन्तर्वार्ता लिइने मन्त्रालयले जनाएको छ।

यसका लागि ५ र ६ मंसिर तय गरिएको छ । यस्तो छलफल र अन्तर्वार्ता लोकसेवा आयोगको कार्यालयमा हुने छ ।

आवेदन दिएकामध्ये दिप्त साह, ऋतु प्रधान, सुमनकुमार वैद्य, प्रबुद्ध दाहाल, डा. होमनाथ गैरे, दिनेश दुलाल र दीलिपराज पौडेलको नाम भने अस्वीकृत भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *