चालू आर्थिक वर्षको १० महिनामा ५० हजार ५ सय ८७ वटा खसीबोका आयात भएको छ। ४५ करोड रुपैयाँबराबरको खसीबोका आयात भएको देखिएको हो । खसीबोका नेपालमा भारतबाट आयात भएको देखिएको छ।
भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार भेडाच्याङ्ग्रा भने नेपालमा २ सय २० वटा मात्रै आयात भएको देखिएको छ । भेडा च्याङ्ग्रा चीनबाट आयात भएको छ। भन्सार कार्यालयबाट कर बुझाएर नेपाल प्रवेश गरेको संख्या यति देखिएको हो ।
नेपालको भारत र तिब्बतसँग खुल्ला सिमाना रहेकोले अवैधानिक रुपमा समेत खसिबोका तथा भोडा च्याङ्ग्रा आयत हुने आरोप लाग्ने गरेको छ । नेपालमा कृषि क्षेत्रमा सहुलियत कर्जा वितरण गरेर पशुपालनको लागि सरकारले प्राथमिकतामा राखे पनि खसिबोका तथा भेडा च्याङ्ग्राको लागि आयतको भर पर्नुपरेको देखिएको हो ।







